कोशीमा बजेटसम्बन्धी दुई अध्यादेश जारी

​​​​​​​विराटनगर । कोशी प्रदेशमा भदौ १० यताको बजेट शून्यता आजबाट हटेको छ ।

कोशी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङ्गले कोशी प्रदेश आर्थिक अध्यादेश २०८० र कोशी प्रदेश विनियोजन विधेयक २०८० जारी गरेसँगै बजेट शून्यताको अवस्था हटेको हो ।

पुन: मुख्यमन्त्री नियुक्त भएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिलो बैठकबाटै निर्णय गराएर आज अध्यादेश ल्याउनुभएकाे हाे ।

मुख्यमन्त्री कार्कीले शुक्रबार बेलुका मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएकाे थियाे । सोही दिनको बैठकबाट उहाँले अध्यादेश ल्याउने निर्णय गर्नुभएकाे थियाे ।

यसअघि कार्की नेतृत्वको सरकारले नै गत जेठ ३२ गते ल्याएको बजेट अध्यादेश भदौ १० गते निष्क्रिय भएको थियो ।

अध्यादेश निष्क्रिय भएका कारण प्रदेशमा बजेट शून्यको अवस्था थियो । पुन: अध्यादेश जारीएसँगै बजेट शून्यको अवस्था सकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *