कोशीका मुख्यमन्त्री थापाविरुद्धको रिटमा आजपनि सुनुवाई हुँदै

काठमाडौं !  कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्धको रिटमा आज सुनुवाई हुँदैछ। थापाले असंवैधानिक रूपमा विश्वासको मत लिएको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा सुनुवाई हुँदैछ।

यो मुद्दाउपर सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा सुनुवाइ भइरहेको छ।

मुख्यमन्त्री थापाले संविधान विपरित विश्वासको मत लिएको भन्दै पूर्वमुख्यमन्त्री हिक्मतबहादुर कार्कीले सर्वोच्चमा रिट दर्ता गराएका थिए।

विश्वासको मत लिँदा प्रदेश सभाको अध्यक्षता गरेका ज्येष्ठ सदस्यले समेत मत दिएको भन्दै रिट परेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *