काठमाडौ ! सर्वाेच्च अदालतको फैसलाले नेपाली कांग्रेस संसदीय दलका नेताको नियुक्तिलाई असंवैधानिक घोषणा गरिदिएपछि तत्कालीन मुख्यमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले शुक्रवार कामचलाउ सरकारको मुख्यमन्त्रीमा पदवहाली गर्ने भएका छन ।
अब साउन १७ गतेसम्मका लागि कार्की कामचलाउ मुख्यमन्त्री हुनेछन् । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेसँगै कामचलाउ सरकारको जिम्मा उनले पाएका छन् । पुनः कार्कीको पदबहालीसँगै उनी मुख्यमन्त्री रहँदा विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्रीहरू पनि मन्त्रालय जाने तयारीमा छन् ।