कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै

काठमाडौं ! कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज (बिहीबार) विश्वासको मत लिँदैछन्। त्यसका लागि दिउँसो १ बजे प्रदेश सभाको बैठक बोलाइएको छ।

हिजो बसेको नेकपा एमाले कोशी प्रदेश संसदीय दलको बैठकले सहमतिको सरकार बनाउन सबै दललाई आग्रह गर्ने निर्णय गरेको छ । बुधवार बसेको संसदीय दलको बैठकले सहमतिको सरकार बनाउन आह्वान गर्ने निर्णय गरेको प्रमुख सचेतक रेवतिरवण भण्डारीले जानकारी दिए ।

प्रदेशलाई अस्थिरताबाट जोगाउनका लागि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका दलहरूलाई सहमतिको सरकार बनाउन आग्रह गर्ने निर्णय गरेको गरिएको उनले बताए ।

९३ सदस्यीय कोशी प्रदेशसभामा मुख्यमन्त्री कार्कीलाई एमालेका ४० र राप्रपाका ६ गरी ४६ जना प्रदेशसभा सदस्यको समर्थन छ। तर सरकार टिकाइराख्न ४७ सदस्यको समर्थन चाहिन्छ।

विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका चार र जसपाका एकजना गरी ४७ सदस्य छन्। तर सभामुख माओवादी केन्द्रका बाबुराम गौतम छन्।

दुवैतर्फ बराबरी मत भएको अवस्थामा बाहेक सभामुखले मतदान गर्न पाउँदैनन्। एमाले र राप्रपाका कुनै प्रदेशसभा सदस्य अनुपस्थित भएको अवस्थामा सभामुखले मतदान गर्न नपाउने भएकाले नयाँ बन्ने सरकारले पनि विश्वासको मत पाउने अवस्था देखिँदैन।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *