गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिंदै

काठमाडौं ! गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिनको लागि गण्डकी प्रदेशसभाको बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ ।

नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डे गत वैशाख १४ मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

पाण्डे गण्डकी प्रदेशका चौथो मुख्यमन्त्री हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *