कांग्रेस नेता सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

काठमाडौं ! गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । दाबी प्रस्तुत गरेलगत्तै प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पाण्डेलाई बिहीबार नेपालको संविधानको धारा १६८ (२) अनुसार पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

उनलाई कांग्रेसका २७ र माओवादीका ७ सँगै एकीकृत समाजवादी प्रवेश गरेका एक जना स्वतन्त्र सांसदको पनि समर्थन छ । पाण्डेको शपथ शुक्रबार दिउँसो सवा १२ बजे गर्ने तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *