लुम्बिनीको मुख्यमन्त्रीमा काङ्ग्रेस नेता डिल्ली चौधरीद्वारा दाबी पेस

काठमाडौं ! लुम्बिनी प्रदेशमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले मुख्यमन्त्रीका लागि दाबी पेस गर्नुभएकोछ। नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार ८ दलका ५३ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख अमिक शेरचनसमक्ष उनले दाबी पेस गर्नुभएको हो ।

चौधरीलाई कांग्रेसहित माओवादी, नागरिक उन्मुक्ति, जसपा, लोसपा, जनमत, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसदको समर्थन छ।

चौधरीलाई कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्तिका ४, जनमत, जसपा र लोसपाका ३/३ र जनमोर्चा, नेकपा एस र स्वतन्त्रका १/१ जनासहित ५३ जनाको समर्थन छ । माओवादीका ११ मध्ये एक जना तुलाराम घर्ती सभामुख छन् ।

८७ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४४ मत आवश्यक पर्छ ।

चौधरी दाङको निर्वाचन क्षेत्र नं. ३ (१)बाट निर्वाचित हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *