लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज दोस्रोपटक विश्वासको मत लिंदै

काठमाडौं ! लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले सोमवार दोस्रोपटक विश्वासको मत लिने भएका छन्। नेकपा (माओवादी केन्द्र) लगायतका दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री गिरीले सोमवार ११ बजे बस्ने पहिलो अधिवेशनको नवौं बैठकमा विश्वासको मत लिन लागेका हुन्।

केन्द्रमा बनेको नयाँ सत्ता समीकरणसँगै लुम्बिनीमा एमालेका गिरी नेतृत्वको सरकार पनि अल्पमतमा परेको थियो। गएको चैत १२ मा माओवादीसहित अन्य सत्ता सहयात्री दलले गिरी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *