सुदूरपश्चिमका मुख्यमन्त्री रावलले बुधवार विश्वासको मत लिंदै

काठमाडौं ! सुदूरपश्चिम सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावल बुधवार विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री रावलले बुधवार बस्ने प्रदेश सभाबाट विश्वासको मत लिने कार्यक्रम तय भएको नेकपा एमालेका प्रदेश सभा सदस्य धर्मराज पाठकले बताए।

गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त नेकपा एमाले संसदीय दलका नेता रावलले माघ २६ गतेभित्र विश्वासको मत लिइ सक्नुपर्ने कानूनी बाध्यता छ। नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा नेकपा एमालेका सांसद रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *