सुदूरपश्चिम प्रदेशसभाको स्थापना दिवसका अवसरमा मुख्यमन्त्री रावलले दिनुभयो शुभकामना सन्देश

काठमाण्डौ ! सुदूरपश्चिम प्रदेशसभाको स्थापना दिवसका अवसरमा मुख्यमन्त्री राजेन्द्रसिंह रावलले शुभकामना व्यक्त गर्नु भएको छ।

उहाँले शनिबार एक सन्देशमार्फत सम्पूर्ण प्रदेशवासी जनसमुदाय तथा देश विदेशमा रहनुभएका दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभयो।

“नेपालको संविधान २०७२ जारी भई मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली लागू भए पश्चात् २०७४ साल माघ ७ गते पहिलो प्रदेशसभाको कार्यकाल प्रारम्भ भएको ऐतिहासिक दिवस मनाइरहँदा प्रदेशको स्थापनाको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अमूल्य योगदान पु¥याउनुहुने सम्पूर्णमा धन्यवाद दिन चाहन्छु”, मुख्यमन्त्रीको सन्देशमा भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *