मुख्यमन्त्री शाक्यले दिनुभयो राजिनामा

काठमाडौं ! वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिनुभएको छ ।

बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले राजीनामाको घोषणा गर्नुभएको हो । मुख्यमन्त्री शाक्यले नेपालको संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम राजीनामा दिनुभएको हो।अब वागमती प्रदेशमा गठबन्धनका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *