आफ्नै जिल्लामा पुत्ला जलाइयो मुख्यमन्त्री राउतको

काठमाडौं ! प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको गृह जिल्लामै पुतला दहन गरिएको छ। राष्ट्रिय एकता अभियानले वीरगन्जमा मुख्यमन्त्री राउतको पुतला दहन गरेको हो ।

मदरशा शिक्षा विधेयक ल्याएर प्रदेश २ लाई अफ्गानिस्तान बनाउँन खोजेको आरोप लगाउँदै अभियानले मुख्यमन्त्री राउतको गृह जिल्ला पर्षाको वीरगन्जमा उनको तस्बीर अंकित पोष्टर पनि जलाएर विरोध प्रदर्शन गरेको छ।

विरोध प्रदर्शनमा ‘मदरशा विधेयक खारेज गर, प्रदेश २ लाई अफ्गानिस्तान बनाउँन पाउँदैन, नेपाललाई हिन्दु राष्ट्र कायम गर’ लगायतका नारा लगाएको थियो। वीरगन्जको माईस्थान मन्दिर अगाडिबाट सुरु भएको विरोध जुजुस नगरपरिक्रममा गरी घण्टाघर चोकमा पुगि कोण सभामा परिणत भएको थियो ।

कोणसभामा अभियानका अध्यक्ष विनय यादवले पाकिस्तानको ईसारामा नेपालमा मदरशा शिक्षा विधेयक ल्याएर प्रदेश २ लाई तालिवान प्रभावित क्षेत्र अफ्गानिस्तान बनाउँन खोजेको आरोप लगाए । पाकिस्तानका प्रधानमन्त्री ईमरान खानको दुत र आएएसआईको एजेन्टको रुपमा मुख्यमन्त्री राउतले काम गर्दे आएको उनको आरोप छ।

‘नेपालमा सामुदायिक विद्यालय छन, विद्यालयहरुमा कुनै जातपात सोधेर शिक्षा प्रदान गरीदैन। शिक्षामा कुनै प्रकारको विवेद छैन। तर पनि मदरशा शिक्षा विधेयक ल्याउँनुको अर्थ के हो ?’ उनले प्रश्न गर्दै भने–‘नेपाललाई ईस्लामिकरणतर्फ धकेल्न योजनावद्ध रुपमा मदरशा शिक्षा विधेयक ल्याईएको हो।’

मुख्यमन्त्री राउतले शिक्षा विधेयक खारेज नगरे उनी विरुद्ध आन्दोलनको आँधीवेरी ल्याउँने र उनको साम्राज्य भत्काएर फाल्ने यादवले चेतावनी दिए । मुख्यमन्त्री राउतले प्रदेश २ लाई ईस्लामिकिकरण गर्नकै लागि मदरर्शा र मस्जिद थप विस्तार गर्न १८ करोड भन्दा बढी रकम खर्च गरी सकेको यादवले वताए ।

त्यसको तुलनामा हिन्दुहरुको मठ÷मन्दिरमा ३ करोड रुपैयाँ मात्र खर्च गरीएको उनको भनाई छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *