बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेद्रारा राजिनामा दिदै

काठमाडौं । प्रदेश मुख्यमन्त्री फेर्ने प्रसंगमा बिहीबारसम्म असहमत देखिएका बाग्मती प्रदेश मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे एकाएक सरकारको नेतृत्व छाड्न सकारात्मक भएका छन् ।

बाग्मती प्रदेशमा एकीकृत समाजवादी सरकारको नेतृत्व छाड्न सकारात्मक देखिनुको कारण सत्तागठबन्धनमै रहेका माओवादी र कांग्रेसले –आफ्ना सांसदको हस्ताक्षर संकलन तयारी हो ।

मओवादी र कांग्रेसले हस्ताक्षर संकलन तयारी गरेपछि दबाबमा परेका मुख्यमन्त्री पाण्डे नेतृत्व छाड्न सकारात्मक देखिएका हुन् । पछिल्लो समय उनले ‘केन्द्रको आदेशबिना सरकार नछोड्ने’ अडान राख्दै आएका थिए ।
माओवादी र कांग्रेसले सरकारमा रहेका आफ्ना मन्त्री फिर्ता बोलाउने तयारीसमेत गरिरहेको बेला पाण्डे सरकारको नेतृत्व छाड्न तयार भएका हुन् । सरकार छाड्नैपर्ने अवस्था आएपछि उनले संसदीय दल बैठक बोलाएका छन् ।

सो बैठकबाट एसले आधिकारिक रुपले सत्ता हस्तान्तरण गर्ने निर्णय गर्नेछ र पाण्डेले राजिनामा गर्ने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *