म पार्टी विभाजनको विपक्षमा छु : मुख्यमन्त्री शाक्य

 

काठमाडौं ! एमाले उपाध्यक्ष एवम वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफु पार्टी विभाजनको पक्षमा नरहेको बताउनुभएको छ ।

नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले शनिबार उहाँको सम्मानमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले केही शक्तिले नेकपा एमालेलाई कमजोर बनाउन खोजिरहेको छ्न,पार्टिलाइ तहसनहस पार्न खोजिरहेको छन तर आफुहरुले एमाले टुक्राउने त्यो खेललाई निस्तेज पार्ने बताउनुभयो ।

म सधै पार्टिको एकताको पक्षमा छु,त्यसको सन्देश हामीले वाग्मती प्रदेशमा दिएका छौ।आफ्नो पार्टिको सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट फेल गराउन अनेकन प्रयासहरु भए तर हामी एकढिक्का भएर उभियौ र पास गर्यौ।अहिले केही मान्छेहरुले मुख्यमन्त्री पाएर गुट परिवर्तन गरेको आरोप लगाएका छन तर म उहाहरुलाई भन्न चाहन्छु मैले पार्टिलाई बचाएको हो।हामीले प्रदेशमा पार्टिको आन्तरिक कलहलाई साथ दिएनौ,मिलेर अघि बढेमात्र सफल भैन्छ भन्ने सन्देश दियौ।मैले अध्यक्ष कमरेडसग पनि प्रदेशमा हामी मिलेर अघि बढ्छौ भनेर र माधव कमरेडसग पनि,उहाहरु दुबैको सहयोगमा म मुख्यमन्त्री बनेकी हु।त्यसैले व्यक्तिगत स्वार्थ त्यागेर यो पार्टी बचाउन तिर लागौ भन्ने मेरो सबैमा अनुरोध छ-उहाले भन्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *