नेपाली मुद्रा इतिहासकै कमजोर

काठमाडौं । नेपाली रुपैयाँ इतिहासकै कमजोर भएको छ । नेपालको आयात घटेर वा नेपाली अर्थतन्त्रका कारण भने नेपाली मुद्रा अमेरिकी डलरको दाँजोमा कमजोर भएको होइन ।

अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएका कारण त्यसको प्रत्यक्ष असर नेपाली मुद्रामा परेको हो ।

नेपालले भारतीय मुद्रासँग नेपाली मुद्राको विनिमय दर स्थीर राखेको छ । त्यसैकारण भारतीय मुद्रा बलियो भए नेपाली मुद्रा बलियो हुन्छ, अनि कमजोर भए कमजोर हुन्छ ।

पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धि, भारतबाट बाहिरिरहेको वैदेशिक लगानीका कारण भारु कमजोर भइरहेको भारतीय पत्रपत्रिकाहरुले लेखेका छन् । पछिल्लो समय रुस–युक्रेन युद्धका कारण अमेरिकी अर्थतन्त्र बलियो हुँदै गएपछि विश्व बजारमा डलर महँगो बन्दै गएको छ ।

यो खबर आजको कारोबार दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *