आजको विनिमय दर

काठमाडौं ! नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार अमेरिकी एक डलरको खरिद दर १२३ रुपैयाँ ९० पैसा र बिक्री दर १२४ रुपैयाँ ५० पैसा रहेको छ।

यस्तै युरो एकको खरिद दर १३३ रुपैयाँ ११ पैसा र बिक्री दर १३३ रुपैयाँ ७५ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५५ रुपैयाँ ७९ पैसा र बिक्री दर १५६ रुपैयाँ ५४ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३३ रुपैयाँ ९२ पैसा र बिक्री दर ३४ रुपैयाँ ०९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *