उद्योग मन्त्रालय सुधारका लागि पुर्व मन्त्री र पुर्व सचिवहरुसंग अन्तरक्रिया

काठ्माण्डौँ ! उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयोजना गरिरहेको ‘मन्त्रालय सुधार कार्ययोजना’ अन्तरगत मन्त्रालयको नेतृत्व गरेका पुर्व मन्त्री र पुर्व सचिवहरुसंग अन्तरक्रिया सम्पन्न गरेको छ ।

मन्त्री दामोदर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व मन्त्रीहरु लेखराज भट्ट, कर्ण बहादुर थापा, मिन बहादुर विश्वकर्मा, जयन्त बहादुर चन्द र संकर कोइरालाले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको छ । यसैगरि कार्यक्रममा उपस्थीत पुर्व सचिवहरुले धारणा व्यक्त गरेकाछन् ।

कार्यक्रमका वक्ताहरुले मन्त्रालयलाई सुधार गर्नका लागि काममा ढिलासुस्ती नगरि पारदर्शी ढंगबाट समयमै काम सम्पन्न गर्न सुझाव दिएका छन् । पुर्व मन्त्री मिन विश्वकर्माले भन्नुभयो, ‘कुनैपनि फाइल एकदिन भन्दा बढी कसैको टेबुलमा रोकिनु हुदैन्, यो मन्त्रालयको काम रोकियो अथवा कामगर्न नसकेर मन्त्रालय डुब्यो भने देश भोकमरीमा जान्छ । मन्त्रालयलाई सुधार गर्न सुझाव माग्नुभएको छ, सोहि अनुसार योजना बनाएर कार्यान्वयन गर्नुस् देश निर्माण हुन्छ, मन्त्री ज्यूको यो प्रयास सराहनीय छ ।’
नेकपा एमाले पार्टी सचिव समेत रहेको पुर्वमन्त्री लेखराज भट्टले स्वदेशी उत्पादनलाई महत्व दिनुपर्ने कुरामा जोड दिनुभयो । उहाँले स्वदेशी उत्पादनको प्रयोग बढाउन मन्त्रालयले चालेका कदम सकारात्मक रहेको बताउनुभयो । कर्ण बहादुर थापाले काम सम्पन्न गर्नकालागि निति नियमको इमान्दरिताका साथ पालना गर्नुपर्ने बताउनुभयो । उहाँले विगतमा सरकारी स्तरबाट सञ्चालन भएका मध्ये केहि उद्योगहरु सञ्चालनमा ल्याउनुपर्ने सुझाव दिनुभयो ।

पुर्व मन्त्री जयन्त बहादुर चन्दले आर्थिक अनियमीततामा सुन्य सहनसिलता अपनाई कामगर्न सुझाव दिनुभयो । उहाँले भारत र चिनले गरेको प्रगतीको सिको गर्नु जरुरी रहेको बताउनुभयो । पुर्व मन्त्री संकर कोइरालाले नितिगत कुराहरुको सुधार गरि इमान्दारिताका साथ कामगर्न सुझाव दिनुभयो । कार्यक्रममा उपस्थीत रहेका मन्त्रालयका पुर्व सचिवहरुले निति निर्माण र योजना कार्यान्वयनका बिषयमा सुझावहरु दिनुभएको छ ।
कार्यक्रमको अध्यक्षता गर्नुभएका मन्त्री दामोदर भण्डारीले अग्रजहरुको अनुभव र नेतृत्वको उर्जा मार्फत हालको विद्यमान निराशालाइ चिर्दै “सुखी नेपाली र समृद्व नेपालको” राष्ट्रिय आकांक्षा पूरा गर्ने उदेश्यका साथ सुझाव लिएकोमा सुझावका आधारमा योजना निर्माण गरि कार्य सम्पादन गर्ने बताउनुभयो । उहाँले मन्त्रालयसंग सम्बन्ध राख्ने हरेक निकायसंग सुझाव लिएकाले उपयुक्त सुझावहरुको उचित पालना गरिने बताउनुभयो ।