काठ्माण्डौँ ! होटल संघले सहमतिनै नभएको विषयमा प्रचार गरेको भन्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आपत्ति जनाएको छ । एक प्रेस विज्ञप्ति जारि गरेको संघले होटल तथा रेष्टुरेण्टलाई सरकारले अनुगमन नगर्ने कुरा उल्लेख गरेको थियो । तर यस बिषयमा सहमति नभएको र सञ्चारमाध्यमले संघको विज्ञप्तिलाई आधार मान्दै समाचार प्रकाशन प्रकाशन गरेको प्रति मन्त्रालयले आपत्ति जनाएको छ ।
मन्त्रालयका अनुसार ‘वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले असोज ७ गते गरेको बजार अनुगमनका क्रममा १ होटल व्यवसायीले नियम विपरीत अत्याधिक मुल्यमा पानी बिक्रि गरेको भेटिएपछि ३ लाख जरिवाना हुनेगरि कारवाही ग¥यो । त्यसपछि होटल व्यवसायीहरुसंग मन्त्रालयमा भएको छलफलमा बोतलको पानी MRP मुल्यमा उपलब्ध गराउने, होटल तथा रेष्टुरेण्टहरुले चाडपर्वका बेला खाद्य सामग्रीमा बिषेश छुट दिने र राजमार्ग क्षेत्रका होटलमा गुणस्तरीय खाद्य सामग्री बिक्रि गर्नमा व्यवसायीका संगठनले समेत सहजीकरण गर्न छलफल भएको हो । तर संघले होटल तथा रेष्टुरेण्टमा सरकारले अनुगमन नगर्ने भन्दै विज्ञप्ति जारी ग¥यो । यसमा मन्त्रालयको आपत्ति छ ।’
आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीका निजि सचिव सुमन धितालले एक प्रेस विज्ञप्ति जारी गर्दै होटल संघको भ्रामक विज्ञप्ति र सञ्चार माध्यममा प्रकाशित समाचारप्रति आपत्ति जनाउनुभएको छ ।
यस्तो छ मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ति :