चर्को आलोचना खप्न नसकेर बालेनले हटाए विवादित अभिव्यक्ति

काठमाडौं ! काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भन्ने विवादास्पद फेसबुक स्टाटस हटाएका छन् । चौतर्फी आलोचना भएपछि शनिबार राति लेखेको विवादास्पद स्टाटस बालेनले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकबाट हटाएका हुन् ।

आफ्नी श्रीमती सविना काफ्ले चढेको सरकारी गाडीलाई शनिबार ट्राफिक प्रहरीले रोकेर सोधपुछ गरेपछि आक्रोशित बालेनले सिंहदरबारमा आगो लगाउने धम्कीसहित ‘फेसबूक स्टाटस’ लेखेका थिए । ट्राफिक प्रहरीले रोक्दा गाडीमा ड्राइभर र बालेनकी श्रीमती थिए । चेकजाँचका क्रममा रोकेर सोधपुछ गरेपछि आक्रोशित बालेनले अराजक शैलीमा फेसबूक स्टाटस लेखेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *