बालेनले आक्रोश हुँदै लेखे – प्रचण्डलाई प्रधानमन्त्री बनाउने सांसदहरुमाथि शंका छ

काठमाडौं ! काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले संसदमा दिल्लीको आदेश मान्नेहरुको बहुमत रहेको बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भन्दा पनि उनलाई प्रधानमन्त्री बनाउने सांसदहरुमाथि आफूलाई शंका लागेको बालेनको टिप्पणी छ ।

‘हामीलाई प्रचण्डज्यूभन्दा प्रचण्डज्यूलाई प्रधानमन्त्री बनाउने सांसदहरु माथि शंका लाग्यो’, बालेनले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन्, ‘दिल्लीको आदेश मान्ने सांसदको बहुमत रहेछ सरकारमा ।’

उनले भनेका छन् -‘भारतीय गुलामहरुले देश चलाउँदैछ र म मात्र विरोधमा ? र, म मात्र अदालतको अवहेलनामा ? सबैजना मरेका लाशहरु हुन् ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *