मेयर बालेन शाहले भने – जुनसुकै सजाय भोग्न तयार छु, भारतीय फिल्म चल्न दिन्नँ

काठमाडौं ! काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेपालमा भारतीय फिल्म चल्न नदिने आफ्नो निर्णयबाट दायाँबायाँ नहुने भन्दै सर्वोच्च अदालतको आदेश आफुलाई मान्य नहुने बताएका छन् ।  देशको सार्वभौकिता र स्वाधीनताका मामलामा कुनै कानुन र अदालतको आदेश नमान्ने उनले सामाजिक संजालमार्फत प्रतिक्रिया दिएका छन् ।

  उनले सामाजिक सञ्जालमा लेखेका छन्,  ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ, म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन। फिल्म लेखकले नेपाल भारत को अधिनमा थियो भनिसकेपछि उनीहरुको नियत थाह हुन्छ।’

यसलाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनू भनेको नेपाल भारतको अधिनमा रहेको स्वीकार गरेको उनको भनाइ छ। यसले अदालत र सरकार भारतको गुलाम भएको बुझिनेसमेत उनले बताएका छन्।

उनले यसको लागि जुनसुकै सजाय भोग्न तयार रहेको तर फिल्म चल्दैन र चल्न दिइनेछैन भनेर प्रतिक्रिया दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *