बोल्ड बालेन : हिन्दी फिल्म ‘आदिपुरूष’को ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द सच्याउन दिए अल्टिमेटम

काठमाडौं ! काठमाडौं महानगरका मेयर बालेन साहले हिन्दी फिल्म ‘आदिपुरूष’ समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्दबारे गम्भीर आपत्ति प्रकट गरेका छन् । मेयर बालेनले उक्त फिल्मको शब्द नसच्चिएसम्म काठमाडौं महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने घोषणा गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले उक्त शब्द नेपालमा मात्र नभई भारतमा पनि सच्चिनु पर्ने उनले बताए। उनले फिल्ममा शब्द सच्याउनका लागि ३ दिनको समय समेत दिएको उक्त स्टाटस मार्फत जानकारी गराएका छन् ।

मेयर बालेनले लेखेको स्टाटस यस्तो छ-

‘दक्षिण भारतीय फिल्म ‘आदिपुरूष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने  शब्द जबसम्म नेपालमा मात्र नभई भारतमा पनि सच्चिँदैन तबसम्म काठमाडौं महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन।’

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *