काठमाडौंका मेयर बालेनले कार्यकक्षमा राखे ग्रेटर नेपालको नक्सा : सामाजिक संजालमा प्रसंशा

काठमाडौं ! काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेपछि सामाजिक संजालमा उनको चर्चा चुलिएको छ। बिहीबार सभा गृहस्थित रहेको मेयरको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको पछि उनको चर्चा सामाजिक संजालमा चुलिएको छ। मेयर बालेनको उक्त कदमले उनको प्रसंशा छाएको छ।

मेयर बालेन शाह भने अहिले भारतको बैंगलुरूमा छन‍्‍,उक्त नक्सा मेयर बाकेनको निर्देशनमा उनको सचिवालयले राखेको जनाइएको छ।

भारतले जेठ १४ गते नयाँ संसद भवनको उद्घाटन गरेको थियो। उक्त भवनमा भारतले ‘अखण्ड भारत’ को नक्सा राखेको थियो।उक्त नक्सामा ‘अखण्ड भारत’ मा नेपालको लुम्बिनी र कपिलवस्तु क्षेत्रलाई समेत समेटिएको छ।

भारतले जारी गरेको उक्त नक्सालाई काउन्टर दिन जनताले सरकारलाई बारम्बार घच्घच्याइरहेका थिए तर संघिय सरकारका प्रधानमन्त्रीले भने आफुले भारतसंग कुरा गरेको तर भारतले आफ्नो सांस्कृतिक रुपमा मात्र राखेकोले यसको खासै महत्त्व नहुने भन्दै पन्छिदै आएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *