मेयर अधिकारीद्रारा टोखा नगरपालिकामा मेयर दिर्घायु कार्यक्रमको सुरुवात

काठमाडौं। टोखा नगरपालिकामा मेयर दिर्घायु कार्यक्रम सुरु भएको छ। नगरका मेयर प्रकाश अधिकारीले मंगलबार एक कार्यक्रमकाबीच सो कार्यक्रमको सुरुवात गर्नुभएको हो।

टोखास्थित चण्डेश्वरी प्रादेशिक अस्पतालमा भएको कार्यक्रममा ‘म स्वास्थ, मेरो टोखा नगर स्वास्थ्य’ भन्ने मूल नाराका साथ मेयर अधिकारीले मेयर दिर्घायु कार्यक्रमको उदघाटन एवं शुभारम्भ गर्नुभएको हो। उदघाटन समारोहमा बोल्दै नगर प्रमुख अधिकारीले टोखा नगरपालिकामा रहेका अशक्त ५० बर्ष माथिका, अपाङ्ग, घाइते, द्धन्द पिडित, असहाय, लोपोन्मुख, अतिविपन्न, महिला तथा अल्पसंख्यक समुदायलाई लक्षित गरी मेयर दीर्घायु कार्यक्रम सञ्चालन गरेको बताउनु भयो।

तत्कालको लागि नगरपालिकाले सो कार्यक्रम अन्तर्गत एक हजार जनालाई सेवा दिने बताउनु भयो। उहाले जनप्रतिनिधि भएर आएपछि नगरको विकासको निम्ति सबै क्षेत्रहरुलाई एक साथ अघि बढाउदै लगिरहेको परिप्रेक्षमा स्वास्थ्य क्षेत्रमा समेत आवश्यक उपलब्धि हासिल गरेको बताउनु भयो ।

टोखा नगरका उपमेयर ज्ञानमाया डङोलले नगरपालिकाले नगरवासीका लागि स्वास्थ्य क्षेत्रका उचित कार्यक्रम गरिरहेको बताउनु भयो । टोखा चण्डेश्वरी प्रादेशिक अस्पतालमा भएको कार्यक्रममा सो अस्पतालका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, टोखा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत प्रकाश आचार्य,टोखा नगरपालिका वडा नम्बर १ का अध्यक्ष श्रीकृष्ण अधिकारी, राजनीति दलका नेता लगायतले मन्तव्य राख्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *