काठमाडौंका मेयरद्रारा आफ्नो कायकालका कामहरु सार्वजनिक : साढे चार वर्षमा १९६ किमि सडक पिच भएको दावी

काठमाडौं ! काठममाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफू निर्वाचित भएर आएपछि महानगरपालिकाले गरेका कामहरुको प्रगति विवरण सार्वजनिक गरेका छन् । स्थानीय तहको निर्वाचन भएको साढे चार वर्षको अवधिमा काठमाडौं महानगरपालिकाले १ सय ९६ दशमलव १ किलोमिटर सडक कालोपत्रे (पिच)  गरेको जानकारी उनले दिए ।

२७ औं महानगर दिवसको अवसरमा ओयोजित पत्रकार सम्मेलनमा शाक्यले साढे चार वर्षको अवधिमा १४ दशमलव ६८ किलोमिटर सडक ढलान गरेको र १० दशमलव ७९ किलोमिटर सडकमा ब्लक छाप्ने काम सम्पन्न गरेको जानकारी दिए ।

‘४ सय ८९ किलोमिटर सडकमा ढुङ्गा छाप्ने काम सम्पन्न भएको छ भने २ सय २६ दशमलव ४ किलोमिटर सडक मर्मत र १८ दशमलव ३४ किलोमिटर ढल निर्माण गरिएको छ,’ उनले भने ।
वडा नं. ३, ४, ९, १४, १८ र २६ गरी छ वटा नयाँ वडा कार्यालय निर्माण सम्पन्न भएको र वडा नं. २, ६, १२, १६, २०, २१, २२, २७, २९ र ३१ गरी दश वटा वडा कार्यालयहरु निर्माणाधीन अवस्थामा रहेको उनल बताए । वडा नं. ५, ६, ७, १०, ११, १५, २३ र ३२ गरी आठ वटा वडाहरुको स्तरोन्नति गरिएको मेयरको प्रगति विवरण्मा उल्लेख छ ।
अहिलेसम्म  २७ वटा ऐन, ५ वटा नियम, ४ वटा निर्देशिका, २० वटा कार्यविधि, ३ वटा मापदण्ड र एउटा मार्गदर्शन/निर्देशन गरी ६० वटा कानुन तर्जुमा गरी जारी गरिएको जानकारी पनि दिए । ‘१ लाख ३७ हजार थान मिसिल डिजिटलाइजेसन गरिएको छ,’ उनले भने, ‘४० वटा राजपत्र र एउटा ऐन संग्रह प्रकाशन भएको छ । महानगरपालिकाको केन्द्रीय कार्यालयसहित सबै वडा कार्यालयहरुमा मेलमिलाप केन्द्र स्थापना गरिएको छ ।’
डाक्टरसहित ५ हजार ७ सय ७१ जना ज्येष्ठ नागरिकको घरमा गएर निःशुल्क स्वास्थ्य परीक्षण गरिएको र ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा शुरु गरिएको पनि जानकारी पनि दिए ।
वडा २, ९, ११, २०, २१, २२ र ३० गरी सात वटा वडामा नयाँ स्वास्थ्य क्लिनिक स्थापना गरी महानगरपालिकाको सबै वडाहरुमा स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याएको  भन्दै उनले विरेन्द्र सैनिक अस्पतालमा १० बेडको निःशुल्क मिर्गौला डाइलासिस सेवा सुरु गरिएको बताए ।

कोभिड महामारीको उपचारका लागि ९ वटा सरकारी र सामुदायिक अस्पताललाई करिब ११ करोड ६० लाख रुपैयाँ बराबरका ४६ थान भेन्टिलेटर प्रदान गरिएको छ भने छत्रपाटी निःशुल्क चिकित्सालय र नरदेवी आयुर्वेद अस्पतालयमा कोभिड विशेष अस्पताल र राधास्वामी आइसोलेसन केन्द्र स्थापना गरिएको महानगरपालिकाले जनाएको छ ।
उनले विशेषज्ञ स्वास्थ्य सेवा सुधारका लागि त्रिवि शिक्षण अस्पताललाई सिटी स्क्यान मेसिन खरिद गर्न, १० वटा भेन्टिलेटर मेसिन उपलब्ध गराइएको,वीरेन्द्र सैनिक अस्पताललाई डाइलासिस मेसिन खरिद, शहीद गंगालाल ह्रदय केन्ऽलाइ अक्सिजन प्लन खरिद सहयोग गरी प्लान्ट सञ्चालनमा अएको, रगतका तत्व छुट््याउने मेसिन किन्न कान्ति बाल अस्पताललाई सहयोग र जलेका विरामीको उपचारमा आवश्यक पर्ने उपकरण खरिदका लागि कीर्तिपुर अस्पताललाई सहयोग, अक्सिजन प्लान्ट स्थापना गर्न मनमोहन अस्पताल, दक्षिणकालीलाई सहयोग गरिएको जानकारी दिए । मेयर शाक्यले स्वस्थ्य मिर्गौला, स्वस्थ्य काठमाडौं कार्यक्रमअन्तर्गत मिर्गौला बचाउ अभियान चलाइएको पनि जानकारी दिए ।
वडा ६ बौद्ध रामहिटीमा नयाँ महानगर वारुणयन्त्र भवन निर्माण गरी सञ्चालनमा ल्याइसकेको र वडा नं. ३ महाराजगञ्ज बाँसबारीमा महानगर वारुणयन्त्र भवन निर्माणधिन अवस्थामा रहेको पनि जानकारी मेयर शाक्यले दिए ‘महानगर भित्रका ९२ वटै सामुदायिक विद्यालयमा एउटै प्रकारको पहेँलो रङ्ग लगाएर भित्तामा चित्र तथा महावाणी लेखन कार्य गरिएको छ,’ उनले भने, ‘महानगरभित्र करिब१७ वटा नयाँ पार्क निर्माण गरिएको छ भने ५३ वटा निर्माण सम्पन्न हुने चरणमा छन् ।’

त्यसैगरी पत्रकार सम्मेलनमा नेपालभाषा एकेडेमीसँगको सहकार्यमा ‘नेपालभाषा ज्ञान कोष’ प्रकाशनको चरणमा पुगेको र काठमाडौंको सम्पदा र जीवनशैली झल्किने कलात्मक चित्रहरूको पुस्तक प्रकाशनमा ल्याइएको पनि जानकारी दिए । ‘काठमाडौंका मौलिक एवम् परम्परागत बाजागाजा संरक्षणका लागि गुठीहरुलाई सहयोग गरिएको छ,’ उनले भने, ‘स्थानीय तहमा माध्यमिक तहसम्मको शिक्षाको अधिकार प्राप्त भएपछि विद्यालय सञ्चालन व्यवस्थापनका लागि ऐन जारी गरिएको छ भने सबै सामुदायिक र संस्थागत विद्यालयहरुमा स्थानीय विषयका रुपमा नेपालभाषाको पाठ्यक्रम ‘येँ देय् म्हसीके’ निर्माण गरी कार्यान्वयनमा ल्याइएको छ । महानगरबाट एक वडा एक नमूना विद्यालय विकास कार्यक्रमअन्तर्गत ३२ वटा सामुदायिक विद्यालयहरुमा कार्यक्रम सञ्चालन भएको छ ।’
आफ्नो कार्यकालमा काठमाडौं महानगरपालिकाको आन्तरिक श्रोतबाट महानगरका करिब १२ हजार बरिष्ठ ज्येष्ठ नागरिक बाषिर्क १२ हजार रुपैयाँ भत्ता वितरण हुँदै आएको र पूर्ण अपाङ्गहरुलाई मासिक ३ हजार रुपौयाँ उपलब्ध गराइँदै आएको पनि जानकारी दिए ।
‘आर्थिक बर्ष २०७५/०७६ देखि ए डिभिजनका फुटबल क्लबलाई बाषिर्क १० लाख रुपैयाँ, बी डिभिजनका फुटबल क्लबलाई ३ लाख रुपैयाँ र सी  डिभिजनका फुटबल क्लबहरुलाई बाषिर्क २ लाख प्रदान गरिँदै आएको छ,’ उनले भने, ‘सहिदहरु (दशरथ चन्द, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री), नेपाल सम्बत्का प्रवर्द्धक तथा राष्ट्रिय विभूति शंखधर साख्वाः र मानव अधिकारवादी नेता पद्मरत्न तुलाधरको पूर्ण कदको शालिक निर्माण गरिएको छ । तारादेवी स्मृति फाउन्डेसन, नातिकाजी स्मृति प्रतिष्ठान, प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठानलाई २० लाखका दरले सहयोग प्रदान गरिएको छ ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *