दोधारा चाँदनीमा मेयर लिम्बू आएदेखि पालिकाको सूचकांकमा उल्लेख्य सुधार

कंचनपुर ! दोधारा चाँदनी नगरपालिकामा मेयर किशोर कुमार लिम्बू आएदेखि पालिकाको सूचकांकमा उल्लेख्य सुधार आएको छ। नगरपालिका २०७८/०७९ को स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन
(FIDUCIARY RISK ASSESSMENT FRA) को तथ्यांकअनुसार १०० पूर्णांकमा ६८ अंक प्राप्त गरि कञ्चनपुर जिल्लाको उत्कृष्ट स्थानीय तह हुन सफल भएको छ।

मेयर किशोर कुमार लिम्बूले आफ्नो कार्यकाल सम्हालेबाट उक्त नगरपालिकाले सुशासनमा ठूलो फड्को मारेको हो। जिल्लाकै उत्कृष्ट बनेको यस् नगरपालिकाले वित्तिय सुशासन,पारदर्शिता लगायतका जनता र राज्यसँग जोडिने सेवा प्रवाहलाई प्रभावकारी बनाएको छ। मेयर लिम्बूले वित्तिय सुशासन कायम गर्न नगरपालिकामा हप्तैपिच्छे नगरपालिकाको निजामती समूह एवं आफू मातहतका सम्पूर्ण निकायलाई अभिमुखिकरण गर्ने गरेका छन् । राज्यका निकायमा वित्तिय सुशासनलाई पहिलो सफलता मानिने हुनाले यस्ता अभिमुखिकरण र समन्वयात्मक कार्यले अन्य क्षेत्रलाई पनि प्रभाव पार्ने गर्छ। यसको प्रभावले पुरै नगरपालिकालाई नै पारदर्शी एवं जनताको सेवा प्रवाहमा देशकै नमुना बनाउने उद्देश्य रहेको मेयर लिम्बूको योजना छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *