शुक्लाफाँटाका मेयर महराको नगरवासीमा अपिल : अविरल वर्षाले क्षति गर्न सक्छ,उच्चसतर्कता अपनाउनु

कंचनपुर ! गएरातिबाट सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा अविरल वर्षा भैरहेको छ। जसकाकारण विभिन्न जिल्लाका बस्तिहरु डुबानमा पर्नुका साथै पहाडी इलाकामा पहिरोले जनधनको क्षति पुगेको छ। यसैबिच कंचनपुर स्थित शुक्लाफाँटा नगरपालिकाका मेयर रणबहादुर महराले अविरल वर्षाका कारण ठूलो जनधनको क्षति हुनसक्ने भन्दै नगरवासीहरुलाई सचेत र सतर्क रहन अनुरोध गर्नुभएको छ। उहाँले एक विज्ञप्तीमार्फत जनतालाई यस्तो अपिल गर्नुभएको हो। उहाँको नगरवासीलाई अपिल यस्तो छ:-

मिति २०७९/०५/३१ गते देखी परिरहेको अविरल वर्षाका कारण ठुलो जनधनको क्षति हुन सक्ने सम्भावना रहेकोले उच्च सतर्कता अपनाउन हुन सम्पूर्ण नगरवासी आमाबुवा, दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक अनुरोध गरिन्छ साथै कुनै समस्या परे तुरुन्त खबर गर्न हुन समेत अनुरोध गर्दछौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *