दोधारा चाँदनीको बाढीग्रस्त क्षेत्रमा मेयर लिम्बू

कंचनपुर ! जगबुडा नदीमा आएको बाढीको कारण दोधारा चाँदनी नगरपालिकाको ३० घरमा क्षती पुर्‍याएको छ । अबिरल वर्षको कारण जगबुडा नदीमा आएको बाढीले दोधारा चाँदनी नगरपालिका वडा नं. ३ पटरा खल्ला, वडा नं. ७ र ८ मा पर्ने रामपुरे टापु, जर्का टोल लगाएत टोल गरि ३० घरमा जगबुडा नदीको पानी घरमा पसेर क्षती पुर्‍याएको दोधारा चाँदनी नगरपालिका कार्यालय बिपद् फोकल पर्सन रघुनाथ भट्टले बताएका छन् । बाढीको पानी घरमा पसेर घरमा राखेको अन्नपानीमा क्षती पुर्‍याएको दोधारा चाँदनी नगरपालिका कार्यालय विपद् फोकल पर्सन रघुनाथ भट्टले बताएका छन् । किसानले लगाएको धान बाली, उखु बाली, तरकारी समेत बाढीले क्षति पुगेको छ् । पटरा खल्ला, रामपुरे टापु, जर्का टोलमा रहेका स्थानियहरुको जगबुडा नदीको पानी घरमा पसेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी लगाएत उद्धार टोलीले मानव र पशु चौपायाको उद्धार गरी सुरक्षित स्थानमा सार्ने काम गरेका थिए ।

दोधारा चाँदनी नगरपालिका वडा नं. ३ पटरा खल्लामा रहेको स्थानियहरुलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरि सुरक्षित स्थानमा राख्ने काम गरेको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका सई महेन्द्र सिंह थापाले बताएका छन् । पटर खल्लामा रहेको ढोले सुनार, गोपाल सुनार, हस्त बहादुर बुढा, बिर बहादुर सुनार, भिम बहादुर सुनार, सरा सुनार, लक्ष्मी सुनार र दुरपटा सुनारको घरमा जगबुडा नदीको पानी पसेर घरमा क्षती पुर्‍याएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका सई महेन्द्र सिंह थापाले जानकारी दिएका छन् । जगबुडा नदीको भंगालो बस्तीमा पसेपछि पटरा खल्लाका स्थानियहरुले उद्धारको लागी स्थानिय सरकार र प्रशासनलाई गुहार लगाएका थिए । खबर पाउन साथ दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बु, नेपाल प्रहरीको टोली, सशस्त्र प्रहरीको टोली उद्धार कार्यमा जुटेका हुने । बाढीको कारण सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (कुतियावकर) र सुन्दरनगर पोष्ट समेत बिस्तापित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *