सिमा क्षेत्रमा देखिएको मनमुटाव रोक्न सर्वपक्षिय अन्तरक्रिया गर्दै मेयर लिम्बू

कंचनपुर ! सिमा क्षेत्रमा व्यपारी, सुरक्षाकर्मी र सर्वसाधारण बीच हुने मनमुटाब काम गर्न दोधारा चाँदनीका नगर प्रमुख किशोर कुमार लिम्बुले अन्तरक्रिया कार्यक्रम राखेका छन् ।

आफ्नो फेसबुक स्टाटस मा चाडपर्व नजिकिदै छ । सिमा क्षेत्रमा व्यपारी, सुरक्षाकर्मी र सर्वसाधारणको चहलपहल बढ्ने निश्चित छ । एकातिर बजारको सुविधा र पूरानो मानसिकताले भारतको बजारबाट घर्यासी सामान ल्याउनु सिमा क्षेत्रका व्यपारी र जनताको एउटा परम्परा जस्तै भैसकेको छ भने अर्कोतिर खुल्ला सिमानाबाट सामान ओसारपोसार गर्नु कानून त गैरकानूनी क्रियाकलाप भएकोले त्यसको नियन्त्रण गर्नु सरकारको जिम्मेवारी भए अनुसार सिमामा सुरक्षा कर्मीको सरकारले व्यवस्था गरेको छ । बुझाई र बाध्यता फरकफरक हॅंुदा बेलाबेलामा सर्वसाधारण, व्यपारी र सुरक्षाकर्मी बिच आापसमा मनमोटाऊ र आरोप प्रतिआरोप समेत लगाउने गरेको पाईन्छ । तसर्थ यसै विषयमा सर्वसाधारण, व्यपारी र सिमा सुरक्षाकर्मीहरूको बिचमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्नु पर्ने आवस्यकता महसुस गरी यसै महिनाको २८ गते १ बजे भोली मंगलबार नगरपालीकाको सभाहलमा यहांहरू सम्पूर्णलाई उपस्थितीको निम्ति विनम्र अनुरोध गर्दछु । आधिकारीक पत्र प्राप्त गर्न नसक्नु भएको अवस्थामा यसै जानकारीलाई आधिकारीक सूचना मानेर उपस्थित भैदिनको लागि पनि हार्दिक अनुरोध गर्दछु -उनले लेखेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *