मेयर धामीको चरित्रहत्या गरिएकोमा आपत्ति, कुप्रचार गर्नेलाई कार्वाही गर्न सचिवालयको माग

काठमाडौं ! दार्चुलाको शैल्यशिखर नगरपालिकाका प्रमुख विजयसिंह धामीको चरित्रहत्या गरिएको भन्दै उहाँको नीजि सचिवालयले प्रेस विज्ञप्तीमार्फत ध्यानआकर्षण भएको जनाएको छ । विगत केही दिनदेखि सामाजिक सञ्जाल र अन्य केही सञ्चारमाध्यमहरुमा शैल्यशिखर नगरपालिकाका नगरप्रमुखको बारेमा चरित्र हत्या हुनेगरी कपोकल्पित, भ्रामक र अनर्गल कुप्रचार भइरहेको भन्दै सचिवालयले प्रेस विज्ञप्तीमार्फत आपत्ति जनाएको हो ।

सामाजिक सञ्जाल र अन्य केही सञ्चारमाध्यमहरुमा उल्लेख गरिएका समाचार पूर्ण रुपमा झुट, कपोकल्पित र तथ्यहिन भएको जानकारी गराउदछौँ, मेयर धामीको नीजि सचिवालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ, नगरप्रमुखज्यूले आफ्नो कार्यभार सम्हालेदेखि जनताको सेवामा अहोरात्र खटिरहेको र समृद्ध शैल्यशिखर शुखी शैल्यशिखरबासीको नारा सकार पार्न लागिपरिरहेको बेला उक्त अभिभारा पुरा गर्न नदिन र विचलित गराउने उद्धेश्यका साथ यस्ता भ्रामक समाचारहरु सम्प्रेषण भइरहेकोले उक्त समाचारहरुबाट विचलित नभइ निरन्तर रुपमा आफ्नो कार्यमा लागिपर्ने प्रतिवद्धता व्यक्त गर्दछौँ ।

 

सामाजिक सञ्जाल र अन्य केही सञ्चारमाध्यमहरुमा आएजस्तो उक्त घटनामा मेयर धामीको सरोकार र सहभागिता नभएको सचिवालयको दाबी छ । विगत २०६१ सालमा भएको भनिएको उक्त घटना सार्वजनिक रुपमा मिडियामा ल्याइ समाचारको सत्यता, निष्पक्षता र वस्तुस्थितिको गम्भीर्यता नबुझि नगरप्रमुखको चरित्रहत्या गरिएकोले उक्त समाचारको सूचना दिने र विना प्रमाण सम्प्रेषण गर्ने दुबैलाई आवश्यक छानबिन गरी कानुनी कठघरामा ल्याई स्वतन्त्र र निष्पक्ष अद्ययन गरी सार्वजनिक गर्न विज्ञप्तीमार्फत माग गरिएको छ ।

नगरप्रमुख (मेयर) धामीलाई एक स्थानीय महिलाले जबरजस्ति करणीको आरोप लगाउदै न्यायको माग गर्नुभएको छ । २०६१ सालमा मेयर धामीले आफुलाई बलात्कारा गरेको उहाँको आरोप छ । महिलाले कञ्चनपुरमा पत्रकार सम्मेलन गरि धामीलाई बलात्कारपछि हत्या प्रयासको आरोप लगाउनुभएको हो । मेयर धामीले भने राजनीतिक प्रतिसोध साध्नका लागि झुटो आरोप लगाइ चरित्रहत्या गर्न खोजिएको प्रतिक्रिया दिनुभएको छ । षडयन्त्रमुलक तथा प्रतिसोधपूर्ण ढंगले आफुलाई बदनाम गर्न खोजिएको उहाँको भनाई छ । मेयर धामीले निर्वाचन जितेपछि १८ बर्ष पुरानो घटना भन्दै केही दिन पहिले देखि सामाजिक सञ्जालमा आरोप प्रत्यारोप भइरहेको छ । दुबै पक्षले आफु पीडित भएको भन्दै न्यायको माग गरेका छन् ।

मेयर धामीको नीजि सचिवालयले जारी गरेको विज्ञप्ती यस्तो छ:                                                                                 

Leave a Reply

Your email address will not be published. Required fields are marked *