वीरेन्द्रनगरकी मेयर ढकाल र उपमेयर खनाल नेपाल स्काउटद्वारा दिक्षित

काठमाडौं ! नेपाल स्काउटले वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहनमाया ढकाल र उपमेयर निलकण्ठ खनाललाई दिक्षित गरेको छ ।
आज सोमबार नगरपालिकामा आयोजित कार्यक्रममा उहाँहरुलाई नगर स्काउटको प्रमुख संरक्षकका रुपमा दिक्षित गरेको छ ।
दिक्षित भएपछि नगर प्रमुख ढकालले विद्यालय तहका बालबालिकालाई राष्ट्र,राष्ट्रियता र नैतिकताको पाठ सिकाउनका लागि स्काउटको ठूलो भूमिका हुने बताउनुभयो । उहाँले अहिलेका बालबालिकालाई राष्ट्र र राष्ट्रियताको सवालमा सिकाएर भविष्यमा देशभक्त नागरिकको रुपमा विकास गर्नुपर्ने उल्लेख गर्नुभयो । स्काउट कार्यक्रमको विद्यालयमा विस्तार गर्नका लागि नगरपालिकाले यथासक्य सहयोग गर्ने बताउनुभयो । नगरप्रमुख नै स्काउटको प्रमुख संरक्षक भएकोले स्काउट कार्यक्रमको अवधारणा र वश्तुनिष्ठ कार्ययोजना बनाएर ल्याउन नगर स्काउटलाई ढकालले आग्रह गर्नुभयो ।
‘वीरेन्द्रनगरको स्काउटलाई देश कै नमुना स्काउटको रुपमा चिनाउने गरी योजना बनाउनुहोस । विद्यार्थीहरुको आनीबनीमा सकारात्मक परिवर्तन हुने गरी कार्यक्रम बनाउनुहोस ’ प्रमुख ढकालले भन्नुभयो ‘ त्यसको कार्यन्वयन भनेको विद्यार्थीको व्यवहारमा परिवर्तन हो । त्यो कुरा समाजले महसुष गर्न पाओस ढकालको भनाइ छ । ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *