‘के रात,के दिन’ दाेधारा चाँदनीको छाडा चौपाया व्यवस्थापनमा मेयर लिम्बूको लोभलाग्दो सक्रियता

कंचनपुर ! दाेधारा चाँदनी नगरपालिकाकाे प्रमुख समस्या एवं जनसरोकारको बिसय छाडा पशु चाैपाया व्यवस्थापन हो। यो नगरपालिका भित्र छाडा चौपाया व्यवस्थापनको लागि विगतदेखी नै चुनौतिको बिसय बन्दै आएको छ। बिगतमा नारामा सिमित छाडा पशु व्यवस्थापन कार्य यस् पटक भने समाधान हुने आशमा नगरका जनता रहेका छन् । यस पटक भने हुने बिरुवाको चिल्लो पात भनेझै नवनिर्वाचित मेयर किशोर लिम्बू यसको व्यवस्थापनको लागि आफ्नो कार्यकालको सुरुवात देखि नै कस्सिएको देख्न सकिन्छ। काम गर्न कोसिस गरे सफल भैन्छ भन्ने कथनलाई उजागर गर्दै मेयर लिम्बूले नगरमा व्याप्त छाडा चौपाया व्यवस्थापनका लागि नगरका विभिन्न तह र तप्काका सरोकारवालाहरु,स्थानीयहरु लगायतसँग छलफल र समन्वय गर्दै आउनु भएको छ। यसै अनुरुप उहाँ आफैपनि भौतिक रुपमै छाडा चौपायाको व्यवस्थापनको लागि फिल्डमा खटिएको देख्न सकिन्छ।

मेयर लिम्बूले विगतमा झै आज शनिबारपनि दाेधारा चाँदनी नगरपालिकाकाे छाडा पशु चाैपाया व्यवस्थापनका लागी वडा नम्बर ०५ र ०७ मा अस्थायी रुपमा निर्माण गरिएका कांञ्जी खाेरहरुकाे अवस्थाका बारे स्थलगत रुपमा अनुगमन गर्ने कार्य गर्नुभएको छ। नगरका सबै जनताको साझा समस्या रहेकोले उहाँ के रात के दिन,जुनसुकै समयमा पनि यसको निराकरणको लागि अगाडि सरेको देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *