हावापानीबाट पिडितलाई भेट्न मेयर लिम्बू स्थानीयको घरमा

काठमाडौं ! दोधारा चाँदनी वर्षा संगै आएको हावापानीले स्थानियहरुको घरहरु क्षती बनाएपछि दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बु उनिहरुको घरमा भेट्न पुगेका छन् । गएको बिहिवार आएको वर्षा संगै हावाले दोधारा चाँदनी नगरपालिका वडा नं. ३ का एक दर्जन भन्दा बढीको घरमा क्षती बनाएको थियो । स्थानियहरुको घरको छाना, बिद्युत मिटर, रुख तथा मकैका बिरुवामा क्षती बनाएपछि सुक्रवार दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु सम्मलित टोलीले क्षती भएका घरहरुको अनुगमन गरेका छन् । टोलीमा अधिकारकर्मी तथा सुरक्षित संजाल दोधारा चाँदनीका संयोजक खिमा चन्द, दोधारा चाँदनी नगरपालिका वडा नं. २ का वडाध्यक्ष पदम रावल, वडा नं. ३ का वडाध्यक्ष हरिसिंह धनाडी लगाएतको सहभागिता रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *