टोखाका मेयर अधिकारीले फोहोरको दीर्घकालीन व्यवस्थापनमा लिए सक्रियता

काठमाडौं । टोखा नगरपालिका भित्र फोहोर बढ्दै गएपछि नगरपालिका प्रमुख प्रकाश अधिकारी दौडधुपमा जुटेका छन् । नगर कार्यपालिकाको बैठकबाट फोहोर व्यवस्थापनको निर्णय भएपछि नगर प्रमुख अधिकारी फोहरको दिर्घकालीन ब्यवस्थापन गर्न जुटेका हुन् ।
नगरभित्र बढ्दो शहरीकरण तथा जनसंख्याबृद्धिका कारण फोहोरको अनुपात बढ्दो छ र काठमाडौं उपत्यकामै यसको ब्यवस्थापनको मूख्य चुनौती रहेको छ ।
तसर्थ चुनावको बेला जनतासंग शुन्दर , सफा र हराभरा टोखा निमार्ण गर्न गरेको बाचा र नगरपालिकाको दायीत्व अनुरुप फोहोर ब्यवस्थापन अभियानलाई तिब्र बनाइएको नगर प्रमुख प्रकाश अधिकारीले बताउनु भयो ।

फोहोर सामाजीक जिवनसंग गाँसीएको बिषय हुनाले आज नगरपालिकामा उपमेयर मुरारी तामाङ्ग , प्रमुख प्रशासकीय अधिकृत शंकर पाठक , बाताबरण तथा बिपद ब्यवस्थापन समितिका संयोजक नरोत्तम  राना सहित टोखा नगरपालिका भित्र फोहोर ब्यवस्थापनमा काम गर्ने बिभिन्न ९ वटा संस्थाहरुको उपस्थीतीमा बैठक बसेको छ ।
बैठकमा टोखा नगरपालिका भित्रका फोहोरलाई दिर्घकालीन रुपमा कसरी ब्यवस्थापन गर्ने , कसरी प्रबिधिमैत्री बनाउने , घरधनीलाई कार्ड तथा ढुवानीका सवारी साधनहरुलाई टाईम कार्ड मार्फत संचालन कसरी गर्ने लगायतका बिषयमा छलफल भएको छ ।
सोही बैठकले फोहोरको दिर्घकालीन ब्यवस्थापन तथा नयाँ अवधारणा निमार्ण गर्न ५ सदसीय समिति गठन गरेको छ । जसमा अध्यक्ष बाताबरण तथा बिपद ब्यवस्थापन समितिका संयोजक नरोत्तम  राना अध्यक्ष , सदस्य सचिवमा लोकेन्द्र बिष्ट र सदस्यहरुमा राजन प्रजापति , सर्मीला पौडेल र भूपाल आचार्य रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *