काठमाडौंका मेयर बालेन बालकोटमा : एमाले अध्यक्ष ओलीद्वारा तबला उपहार

काठमाडौं ! काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह  (बालेन) लाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले तबला उपहार दिनुभएको छ । बुधबार साँझ बालकोट ओली निवास पुग्नु भएका मेयर शाहलाई अध्यक्ष ओलीले तबला उपहार दिनुभएको हो ।

अध्यक्ष ओली र बालेनबीच काठमाडौं महानगरको समग्र विकासका बारेमा छलफल भएको बताइएको छ । भेटमा अध्यक्ष ओलीले बालेनलाई काठमाडौंको विकासमा आफुले गर्नुपर्ने सहयोग गर्ने बताउनु भएको छ। मेयर बालेनले यसअघि महानगरमा आफ्नो जित सुनिश्चित भएपछि पनि अध्यक्ष ओलीलाई बालकोट नै पुगेर भेट्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *