नगरपालिकाका छाडा-चौपाया व्यवस्थापनका लागि मेयर लिम्बू एक्सनमा

कंचनपुर । दोधारा चाँदनी नगरपालिकाका मेयर र उपमेयर लगाएत टोलीले छाडा चौपाया ब्यवस्थापनको निमित्त निमार्ण गरिएको काञ्जी खोरको स्थलगत अनुगमन गरेका छन् । दोधारा चाँदनी नगरपालिकामा मेयर किशोर कुमार लिम्बु, उपमेयर गंगा जोशी, वडा सदस्य गगन बहादुर सिंह, धन बहादुर थापा, पशु शाखाका शाखा प्रमुख कृष्ण सिंह साँउद लगाएत टोलीले दोधारा चाँदनी नगरपालिका वडा नं. १, २, ४ र ५ मा छाडा पशुचौपाया ब्यवस्थापनका लागी निमार्ण गरिएको काँञ्जी खोरको स्थलगत अनुगमन गरेका छन् । केही दिन अघि मात्रै दोधारा चाँदनी नगरपालिकाले सबै वडाहरुमा रहेको सामुदायिक बन तथा पाएक पर्ने जग्गामा काँञ्जी खोर निमार्ण गरि छाडा पशुचौपाया राख्ने निर्णय गरेको हो । दोधारा चाँदनी नगरपालिका कार्यालयले निमार्ण गरेको कार्यबिद्यी अनुसार दोधारा चाँदनी नगरपालिकामा उपमेयरको संयोजकत्वमा ६ सदस्यीय समिति गठन भएको छ् । सदस्यमा टिकाराम सार्की, मानमती कुमारी भट्ट, गगन बहादुर सिंह, कमलापती भट्ट, कृष्ण सिंह साँउद रहेका छन् ।

छाडा चौपाया ब्यवस्थापनको लागी सामुदायिक बनमा तारवार गर्ने, एक सय भन्दा बढी छाडा पशु चौपाया संकलन केन्द्रमा ३ जना छाडा चौपाया हेरालु राख्ने छाडा चौपाया ब्यवस्थापन समितिले केही दिन अघि मात्रै निर्णय गरेको हो । निर्वाचनको बेला प्रमुख मध्य एक चुनावी मुद्धाकोरुपमा रहेको छाडा पशु चौपाया ब्यवस्थापनको लागी दोधारा चाँदनी नगरपालिकाका मेयर आफ्नो चुनावी एजेण्डालाई पुरा गर्न कस्सीदै आएका छन् । दोधारा चाँदनी नगरपालिकामा छाडा पशुचौपायाको कारण सास्ती खेप्दै आएका स्थानिय किसानहरु मेयरको छाडा पशुचौपाया ब्यवस्थापनको निम्ती गर्न थालिएको कार्य प्रति खुशी भएका छन् । ‘दोधारा चाादनी नगरपालिका छाडा पशु चौपाया ब्वस्थापन को लागि दोधारा चाँदनी नगरपालिका– १, २ र ४ मा काँञ्जी खोर निर्माण गर्ने कार्य सम्पन्न गरि पशु चौपाया राख्ने कार्य भईसकेकोले स्थलगत अनुगमन गर्ने कार्य नगर प्रमुख किशोर कुमार लिम्बूुको नेतृत्वमा रहेको टिमले सम्पन्न गरियो । अबको केही दिन भित्रै बाँकी वडा नं. ३ र ७ मा पनि काम सम्पन्न हुने जानकारी गराईन्छ । हामी जनजिबीका संग सरोकार विषय मा गम्भीरतापूर्वक समस्या समधानमा लागिएको विषय पनि संग संगै सम्पूर्ण नगरवासीमा जानकारी गराउन चाहान्छौं’ दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुको आधिकारिक फेसबुक पेजमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *