उपमेयर र बहुमत जनप्रतिनिधिलाई बाइपास गर्दै धनगढीका मेयर हमालले गरे जबर्जस्ति बजेट पास

धनगढी ! धनगढी उपमहानगरपालिकाको बजेट मेयर गोपाल हमाल र प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले सेटिङमा ल्याएको भन्दै उपमेयर कन्दकला रानाले आज नगरसभामा विरोध गर्नुभएको छ।

आफूसँग छलफल गर्नु पर्ने तर आफूलाई बजेट बनाउने बेला कुनै जानकारी नदिई कर्मचारीको भ्रममा परि मेयर हमालले बजेट ल्याएको उहाँको आरोप छ। उपमेयर रानाले आफूहरु जनताबाट निर्वाचित रहेकोले आफुले दिएको योजनाहरु षडयन्त्र गरेर काटेको आरोप लगाउनु भयो। नगरसभामा जनप्रतिनिधिहरुले मेयर हमाल र प्रमुख प्रशासकीय अधिकृतले उपमेयरलाई बाइबास गर्न हुँदैन भनेर उहाँहरुको आलोचना गरेका थिए।

उपमेयर रानाले आफूसँग छलफल गरेर मात्र भोलि बैठक गरौ भनि प्रस्ताव गर्दा मेयर हमालले एकलौटी रुपले बजेट पास गर्न फ्लोरमा प्रस्तुत गरेका थिए। बहुमत नगरसभा सदस्यको बिमती रहँदारहँदै पनि हमालले बजेट पास भएको घोषणा गर्दै नगरसभा एकतर्फी स्थगन गरेका थिए।

मेयर हमालको उक्त क्रियाकलापप्रति एमाले र माओवादी केन्द्रका जनप्रतिनिधिहरुले आक्रोश व्यक्त गरेका छन् । जननिर्वाचित उपमेयरसँग समन्वय नगरिनु र कर्मचारीको फन्दामा पनि बजेट प्रस्तुत गर्नु दुर्भाग्य भएको उनिहरुको आरोप छ। उपमेयर रानाले आफ्ना व्यक्तिगत योजना नभएर १९ वडाका योजनाहरुलाई प्राथमिकतामा राखी बजेटमा समावेश गर्न भनेपनि मेयर हमाल र प्रमुख प्रशासकीय अधिकृतको सेटिङले ती योजनाहरु काटिएको आरोप छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *