नगरपालिकामा विद्युत सेवा सहज गर्न प्राधिकरणका निर्देशक घिसिङसँग दोधारा चाँदनीका मेयरको भेट

काठमाडौं  । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले नगर बिकट क्षेत्रमा बिद्युत सेवा बिस्तार गर्न पहल थालेका छन् । दोधारा चाँदनी नगरपालिकालाई भारतिय राजदुतावासले एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा राजधानी पुगेका दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले नेपाल विद्युत प्राधिकरण घिसिङ कार्यकारी निर्देशक कुलमान घिसिङ संग भेट गरि दोधारा चाँदनी नगरपालिकाको बिद्युतको समस्या र ग्रामिण बस्तीमा बिद्युत सेवाको अझै सम्म नपुगेको अवस्थाबारे प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्य कक्षमा पुगेर अवगत गराएका छन् । अठार नम्वर पिल्लर बस्ती, कुतियाकवर बस्तीमा तत्काल बिद्युत सेवा बिस्तार गर्ने सुरक्षाको द्धष्टिकोणले समेत भारत संग जोडिएको दोधारा चाँदनी नगरपालिकामा चौबिसै घण्टा बिद्युत सेवा सुचारु गर्न नेपाल बिद्युत प्राधिकरण महेन्द्रनगरलाई प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ठाडो निर्देशन गरेको दोधारा चाँदनी नगरपालिकाका मेयर लिम्बुले बताएका छन् । ‘नेपाल विधुत प्राधिकरण घिसिङ कार्यकारी निर्देशक कुलमान घिसिङ संगको भेटघाट निकै उपलब्धीमूलक रहेको जानकारी गराउन चाहान्छु । १८ नं. पिल्लर बस्ती देखी कुतियाकवर गाँउमा तत्काल विधुत सेवा विस्तार गर्ने र सुरक्षाको दृष्टिकोणले भारत संग जोडीएको नगरपालिकामा २४ घण्टा विद्युतको सेवा सुचारु गर्न के के गर्नु पर्छ गर्नु बजेटको चिन्ता नगर्नु भन्ने कुराको प्राधिकरण कार्यकारी निर्देशक घिसिङबाट प्रदेश र जिल्ला विद्युत कार्यालयमा ठाडो निर्देशन गरिएको समेत नगरवासीहरुलाई जानकारी गराउन चाहान्छु’ दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले आफ्नो सामाजिक संजाल फेसबुकमा लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *