हत्या आरोपमा काङ्ग्रेसबाट निर्वाचित पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउने पक्राउ

काठमाडौं ! अछामको पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउने पक्राउ परेकी छन्।
१७ वर्षीय विनोद शाही मृत्यु भएको घटनामा मृतकका आफन्तले किटानी जाहेरी दिएपछि मेयर चलाउनेलाई प्रहरीले आइतबार पक्राउ गरेको हो।
उनी वैशाख ३० मा भएको स्थानीय चुनावमा नेपाली कांग्रेसबाट निर्वाचित भएकी थिइन्। उनीसहित नेत्र शाही पनि छन्।

विनोदको हत्या आरोपमा १३ जनाविरूद्ध आफन्तले किटानी जाहेरी दिएका थिए। अहिलेसम्म सात जना पक्राउ परेका छन् भने छ जनाको खोजी जारी रहेको प्रहरीले बताएको छ भने पक्राउ परेकाहरुको सबैको नाम सार्वजनिक गरिएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *