शुक्लाफाँटाका प्रमुख महराद्रारा नगरका विभिन्न स्थानमा अनुगमन तीब्र

काठमाडौं ! कंचनपुरको शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख रणबहादुर महाराले नगरभित्र भैरहेका बिकास निर्माणका कामहरुको अनुगमन एवं निरीक्षणलाई तिब्रता दिनुभएको छ। आर्थिक बर्षको अन्त्यको समयमा निर्माण कम्पनिबाट हुनसक्ने लापरबाही र नगरपालिकाको उत्तरदायित्वबोध गर्दै उहाँले अनुगमनलाई तिब्रता दिनु भएको हो।

नगरप्रमुख महराले आज आइतवार बिहानै नगरपालिकाका इन्जिनियर सहितको टोलि लिएर नगरका विभिन्न स्थानहरुमा अनुगमनका लागि निस्कनु भएको छ ।उहाँको टिमले वडा नं. ४ स्थित निर्माणाधिन नगर अस्पताल भवनको निरीक्षण गरेको छ भने त्यस्तै वडा नं.३ स्थित
निर्माणाधिन वडा कार्यालय भवन,स्वास्थ्य भवन र मन्दिरको पनि निरीक्षण गरेको छ।

साथै उहाँहरुको टिमले आजै वडा नं.१ स्थित
खेल मैदान र कभर्ड हलको पनि निरीक्षण एवं अनुगमन गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *