गोदावरी नगरपालिकाका मेयर भट्ट र सेनाका अधिकारीहरु बिच भेटवार्ता

अत्तरिया –गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले सेनाका अधिकारीहरु सँग भेट गरेका छन । उनले सोमबार तेघरी स्थित गणका गणपति सुनिल कुमार मल्लसँग भेट गरेका हुन ।

भेटका क्रममा नगरप्रमुख भट्टले अत्तरिया चोकको उत्तरपट्टिका ६१ घरघुरी, अत्तरियाको बसपार्क र लामितालको जग्गालाई यथावत भोगचलनको व्यवस्था मिलाउन आग्रह गरेका हुन ।
उक्त जग्गा अब  नेपाली सेनाले भोगचलन गर्ने चर्चा पहिले देखी चल्दै आएको छ । तर सेनाले अहिले सम्म ती ठाउँहरुमा कुनै संरचना भने बनाएको छैन ।

जवाफमा गणपती मल्लले सो सम्बन्धमा आफुले माथिल्लो निकायमा पत्राचार गर्ने र सकभर स्थानियलाई अप्ठ्यारो नहुने गरी नै सेनाले व्यवस्था मिलाउने बताएको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *