गेटा मेडिकल कलेज छिट्टै संचालनमा आउँछ : नगरप्रमुख भट्ट

अत्तरिया –गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले गेटा मेडिकल कलेजका लागी आन्दोलन गर्न नपर्ने बताएका छन । उनले प्रधानमन्त्री शेर बहादुर देउवा कलेज सन्चालनको लागी चिन्तित रहेको जिकिर गरे । शुक्रबार गोदावरी -२ को वडा भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
‘गत ६ गते हामीले पदभार ग्रहण गर्दै गर्दा डडेल्धुरामा मेडिकल कलेजको कुरा आएपछि यहा आन्दोलन भएको कुरा सर्वबिदित नै छ । त्यसपछि गेटा  मेडिकल कलेजको कुरा के रहेछ भनेर म ११ गते काठमाण्डौ गएको थिए । प्रधानमन्त्री जि सँग पनि भेट भयो उहाँले मैले नै शुरु गरेको कलेज छिटो सन्चालन गर्ने कुरामा चिन्तित छु भनेर भन्नुभयो । सुदुरपश्चिमका सबै जिल्लामा मेडिकल कलेज खुलेपनी हाम्रा लागि सौभाग्यको कुरा नै हो तर भौतिक संरचना बनिसकेको कलेज कतै ओझेलमा पर्ने त होइन भनेर म काठमाडौं गएको थिए तर त्यस्तो देखिएन । हाम्रो अवधारणा भनेको गेटा मेडिकल कलेज छिटो सन्चालन मा आओस र हाम्रा क्षेत्रका सर्बसाधरण नागरिकले पनि एमबीबीएस पढन पाउन ,’उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *