मेयर बालेनको स्पष्टीकरण : गाली र आलोचना नै सुन्नु पर्ने भए आफ्नै महानगरवासीको सुन्छु

काठमाडौं ! हेटौंडामा आयोजित स्थानीय सरकारको बैठक छोडेकोबारे काठमाडौं महानगरका  मेयर बालेन शाहले  स्पष्टीकरण दिएका छन्।
बैठक तीन दिनको लागि आयोजना गरिएको थियो। तर मेयर बालेन शाह र उपमेयर सुनिता डंगोल एकदिन मात्र बैठकमा सहभागी भएर फर्किएका छन्।

तीन दिने बैठकमा सहभागी हुन आइतबार नै हेटौंडा पुगेका बालेन र सुनिता एकदिन मात्र बैठकमा सहभागी भएर सोमबार बेलुका ५ बजे नै फर्किएका थिए।

बालेनले काठमाडौं र काठमाडौंबासीसँग सम्बन्धित नभएको कार्यक्रममा काठमाडौंबासीलाई गाली गरी समय र ऊर्जा खर्चिएका कारण बैठक छाडेर आएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *