डेढ वर्षभित्र काठमाडौँ महानगर क्षेत्रमा विद्युतका तार ‘अन्डरग्राउन्ड’ हुन्छन् : मेयर साह

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले डेढ वर्षभित्र काठमाडौँ महानगर क्षेत्रमा विद्युतका तार ‘अन्डरग्राउन्ड’ भइसक्ने आश्वासन दिएका छन्।

 

महानगर कार्यपालिकाको दोस्रो बैठकमा बोल्र्ख प्रमुख शाहले भने, ‘सडक, विद्युत् र खानेपानीका प्रमुखलाई राखेर आफूले बैठक आयोजना गरेको र सो बैठकमा विद्युत् प्राधिकरणका तर्फबाट यस्तो प्रतिबद्धता जनाइएको जानकारी गराउँदछु।’

उनले हरेक महिनाको पहिलो सोमबार सडक, विद्युत्, खानेपानी लगायतका निकायका प्रमुखसँग बैठक आयोजना गर्ने र त्यसमा एक आपसमा सहकार्यको समीक्षा गरिने बताए।

सडक, खानेपानी, विद्युत् प्राधिकरण लगायतका निकायले गरेका कामको अनुगमन महानगरले गर्ने र एकीकृत योजनाका अनुसार ती सबै निकायले समन्वयात्मक ढङ्गले काम गर्ने पनि महानगर प्रमुख शाहको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *