‘सुखी नेपाली,समृद्ध नेपाल’ काे राष्ट्रिय आकाङ्क्षा पूरा गर्न मेयर लिम्बू विदाको दिनपनि काममा

कंचनपुर ! दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बू विदाको दिन शनिवारपनि नगरका जनताको सेवामा समर्पित हुनु भएको छ। आज शनिवार उहाँले दोधारा चाँदनी स्वास्थ्य चौकीको अवस्थाबारे जानकारी लिइ त्यसबाट थप प्रभावकारी सेवा कसरी प्रवाह गर्न सकिन्छ भनेर सरोकारवालाहरु सँग छलफल गर्नुभएको हो।

निर्वाचित भएपछी नगरप्रमुख लिम्बूले कार्यालय समय जत्तिकै विदाको दिनहरुमा पनि जनताको सेवामा सक्रिय रहनु भएको छ। `सुखी नेपाली समृद्ध नेपाल´ को अभिभारा पूरा गर्नलाई एवं जनताको सेवा गर्न निर्वाचनमा जनतासग प्रतिवद्दता जाहेर गरि निर्वाचनमा जनताले आफूलाई मत दिएको पनि उहाँले स्मरण गर्नुभयो। मेयर लिम्बूले आफूले जनताका सामु गरेका प्रतिवद्दताहरु पूरा गरेरै छाड्नेपनि बताउनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *