१० महिना भित्र सबैको हातमा लालपुर्जा दिने आँट गरेको छु : मेयर भट्ट

अत्तरिया -गोदावरी नगरपालिकाका मेयर बिरेन्द्र भट्टले आफु सबै को जनप्रतिनिधी भएकाले ढुक्क सँग आफ्ना कुरा राख्न नागरिकलाई आग्रह गरेका छन । बुधबार अत्तरियामा आयोजित एक धार्मिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

`मेयर भएर बिरेन्द्र भट्ट परिवर्तन भयो भन्ने नठान्नु होला । म पहिलो जस्तो थिए अहिले पनि त्यस्तै हो,’ मेयर भट्टले भने आफ्ना कुरा ढुक्कले राख्नु होला । मेरो लागि चुनौती धेरै छन । काम गर्नुपर्ने धेरै छन । बजेट सिमित छ ।’
यस्तै उनले १० महिना भित्रमा लालपुर्जा वितरण गर्ने बताएका छन ।
‘अहिले तपाईहरुलाई लालपुर्जाको पनि खाँचो छ त्यसका लागि आज मात्रै  काठमाण्डौंबाट टोली आईपुगेको छ,’मेयर भट्टले भने, ‘मैले टोलीलाई सबैभन्दा पहिले गोदावरीबाट काम सुरु गर्न अनुरोध गरेको छु । ३ बर्ष भित्रमा सबैको हातमा लालपुर्जा दिनुपर्ने सरकारले लक्ष्य लिएको छ । तर, गोदावरीका दाजुभाइ दिदीबहिनीलाई १० महिना भित्र पुर्जा दिने छु भन्ने आँट गरेको छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *