सार्वजनिक बिदाको दिनपनि जनताकै सेवामा भेटिए नगर प्रमुख सुब्बा

कंचनपुर ! दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर सुब्बाले नगरमा छाडा चौपायाको व्यवस्थापनका लागि सक्रियता देखाउनु भएको छ।

हिजो शनिबार सार्वजनिक बिदाको दिन नगरपालिकाकाे हलमा बसेकाे बैठकमा सम्पूर्ण १ देखि १० वडाका अध्यक्ष,कार्यपालिका सबै सदस्यका साथै सामुदायिक वनका अध्यक्ष सराेकार वाला सहित काे बैठकबाट तत्काल छाडा पशु चाैपाया समस्या समधानका लागि १०० पशु बराबर ३ जना जनशक्ति व्यवस्था गर्ने र मासिक रु. १०,००० का दरले विभिन्न ६ सामुदायिक वनमा राख्ने निर्णय गरिएको छ।

नगर प्रमुख सुब्बाले आज आइतबारपनि वडा न.०४ को मालिका सामुदायिक वन व्यवस्थापक र सरोकारहरु सँग छाडा चौपायाहरुको व्यवस्थापनका लागि छलफल गर्नुभएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *