अबदेखी दोधारा चाँदनीमा गर्भवती तथा सुत्केरी महिलाले निशुल्क एम्बुलेन्स सेवा पाउने

कंचनपुर । दोधारा चाँदनी नगरपालिकाले नगर क्षेत्रमा रहेका गर्भवती तथा सुत्केरी महिलाहरुलाई निशुल्क एम्बुलेन्स सेवा दिने भएको छ । शुक्रवार बसेको दोधारा चाँदनी नगरपालिका कार्यपालिकाको बैठकले नगर क्षेत्रमा रहेका गर्भवती तथा सुत्केरी महिलाहरुलाई निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गरिएको दोधारा चाँदनी नगरपालिका वडा नं. २ का वडाध्यक्ष पदम रावलले जानकारी दिएका छन् ।

सुत्केरीहरुलाई आर्थिक भार कम गर्न तथा स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन गर्भवती तथा सुत्केरी महिलालाई निशुल्क सेवा प्रदान गर्ने निर्णय गरिएको बताईएको छ । दोधारा चाँदनी नगरपालिकाको उक्त निर्णय प्रति स्थानियहरु हर्षित भएका छन् । यसको साथै वडामा रहेका गर्भवती महिलाहरुलाई निशुल्क अल्ट्रसाँउण्ड संचालनमा ल्याउने र महाकाली झोलुङ्गे पुल स्थित रहेको शौचालय मर्मत गरि पुन: संचालनमा ल्याउने निर्णय गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *