गेटा मेडिकल कलेज छिट्टै संचालनमा ल्याइने प्रधानमन्त्री देउवाको गोदावरीका मेयर भट्टलाई आश्वासन

अत्तरिया -कैलालीको गोदावरी नगरपालिकाका मेयर बिरेन्द्र भट्ट र प्रधानमन्त्री शेर बहादुर देउबा बिच बिहीवार  भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवासमा मेयर भट्टले प्रधानमन्त्री भेटेका हुन ।
भेटका क्रममा भट्टले प्रधानमन्त्री समक्ष गेटा मेडिकल कलेज छिटो सन्चालन गरिदिन आग्रह गरेको बुझिएको छ।
जवाफमा प्रधानमन्त्री देउवाले आगामी संघिय सरकारको बजेट मार्फत कलेज सन्चालन हुने बताएका छन ।
प्रधानमन्त्री देउबाले जती सक्यो चांडो कलेज सन्चालन गर्ने प्रतिबद्धता समेत जनाएका छन ।
सरकारको निती तथा कार्यक्रममा गेटा मेडिकल कलेज सन्चालन बारे केही कुरा नआएपछि स्थानियले बुधबार देखी विरोध शुरु गरेका थिए । सोही दिन मेयर भट्ट काठमाण्डौ प्रधानमन्त्री भेट्न काठमाडौं हिडेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *