वीरेन्द्रनगरका प्रमुख/उपप्रमुखद्वारा सहिद स्तम्भमा माल्यार्पण पश्चात पदभार ग्रहण

सुर्खेत ! वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया भण्डारी (ढकाल) र उपप्रमुख निलकण्ठ खनालले सहिद स्तम्भमा माल्यापर्ण पश्चात पदभार ग्रहण गर्नुभएकाे छ । प्रमुख ढकाल र उपप्रमुख खनालले आज पदभार ग्रहण गर्नुभएकाे हाे । जिल्ला समन्वय समितिमा भएको सपथ ग्रहण कार्यक्रमपश्चात वीरेन्द्रनगर ४ स्थित सहिद पार्कमा पुगी सहिद तम्भमा माल्यापर्ण गरेर कार्यालयमा पदभार सम्हालन आइपुग्नुभएको थियो । पदभार सम्हालेपछि नगरप्रमुख ढकालले संविधानले प्रदत्त गरेका मौलिक हक हरुको प्रत्याभूति गराउने निर्णयमा हस्ताक्षर गर्नुभएको छ । यस्तै उपप्रमुख निलकण्ठ खनालले संघ संस्थाहरुको बजेटलाई पनि नगरपालिकाको बार्षिक बजेट तथा कार्यक्रममा समेट्ने निर्णयमा हस्ताक्षर गर्नुभएको छ । प्रमुख ढकालले ऐन नियम भित्र रहेर नागरिकका अधिकार प्रत्याभूत हुनेगरी सेवा ग्राहीलाई सन्तुष्ट हुनेगरी काम गर्ने प्रतिबद्धता जनाउनुभयो । प्रमुख ढकालले उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरुलाई पनि आजै सपत खुवाउनुभएको छ । सपत ग्रहणपछि सबै वडाअध्यक्ष तथा सदस्यहरुले पनि आजै पदभार ग्रहण गरेका छन् । सपथ ग्रहण कार्यक्रममा बोल्दै कर्णाली प्रदेशसभा सदस्य यामलाल कंडेलले नागरिक प्रति उत्तरदायि भएर निश्पक्ष रुपमा काम गर्न सुझाव दिनुभयो । यस्तै पूर्व मेयर देव कुमार सुवेदीले सधैँ नगरवासीका हितमा प्रतिबद्ध भएर काम गर्न सुझाव दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *